डेविड र भावनाको गीतमा दुर्गेश र अस्मिताको छमछमी (भिडियो)

गायक डेविड शंकर र गायिका भावना आचार्यको स्वरमा ‘बोल्दैन फोटो’ बोलको गीत तयार भएको छ । यो गीतको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा गायक तथा मोडल दुर्गेश थापा र अस्मिता पुरीसँगै डेविड र भावना पनि फिचरिङ छन् । भिडियो हेर्नुस् :

गीतमा दिपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोलाई शिव विकले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका हुन् ।

भावनाले यसअघि बग्ने खोला र मुलको पानी बोलको गीत बजारमा ल्याएकी थिइन् । यी दुई गीतलाई दर्शक तथा श्रोताले रुचाएका थिए । आफ्नो नयाँ गीत बोल्दैन फोटोलाई पनि दर्शक तथा श्रोताले रुचाउने उनले विश्वास राखिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha