राजेशले करिश्मालाई भने, ‘आइ लभ यु’ (भिडियो)

महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर लामो समयपछि एक साथ देखिएका छन् । तर, उनीहरु फिल्ममा देखिएका भने होइनन् । मेलिना राई र भिम चौलागाईंको ‘चट्ट बसम देउरालीमा’ बोलको गीत मार्फत एक साथ देखिएका हुन् ।

राजेश र करिश्मा दुवै जना फिल्मी पर्दाबाट टाढिएका छन् । दर्शकले उनीहरुको जोडीलाई म्युजिक भिडियोमा एक साथ देख्दा पुराना दिन याद दिलाएको जस्ता प्रतिक्रिया दिइरहेका छन् । गीतको सुरुवातमा दुई बीच केहि संवाद राखिएको छ । जसमा लामो समयपछि भेटघाट भएको उल्लेख गरिएको छ । साथै संवादमा राजेश हमालले करिश्मा मानन्धरलाई प्रेम प्रस्ताव समेत राखेका छन् । गीत हेर्नुस् :


दीपक शर्माको शब्द तथा रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । डान्सिङ बिटको म्युजिक भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ । उत्सव दाहालले छायांकन गरेको गीतलाई अच्युत बजागाईंले सम्पादन गरेका छन् ।

दीपक शर्माको शब्द तथा रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । डान्सिङ बिटको म्युजिक भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ । उत्सव दाहालले छायांकन गरेको गीतलाई अच्युत बजागाईंले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha