दिपेन्द्र के.खनालको ‘आमा’को पहिलो मुहार सार्वजनिक

दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘आमा’को पहिलो मुहार सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा नायिका सुरक्षा पन्त प्रस्तुत छिन् । पोस्टरमा उनलाई मुण्डन र अर्ध मुण्डन रुपमा देख्न सकिन्छ ।

यस्तै ‘आमा’को एउटा पोस्टरम अभिनेत्री मिथिला शर्मा पनि प्रस्तुत छिन् । निर्देशक खनालले आमाको पहिलो झलक बिम्वात्मक रुपमा तयार गरेका छन् । सर्मिला पाण्डेले निर्माण गरेको फिल्म आमाको प्रदर्शन मिति फागुन ९ गते, महाशिवरात्रीको अवसर पारेर तय गरिएको छ । दिपेन्द्र के. खनालले लेखन सहित फिल्मको छायाँकन पनि आफैले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha