निर्माता भन्छन्, ‘सेल्फी किङ्गको विदेश माग बढ्यो’

याँकनरत फिल्म ‘सेल्फी किंग’को विदेश माग बढेको निर्माता सुभाष थापाले बताएका छन् । यसअघि ‘प्रसाद’ जस्तो सफल फिल्म निर्माण गरेको टिमले निर्माण गरेका कारण विदेशमा प्रदर्शनको लागि वितरकहरु बिच तँछाडमछाड भएको उनको दाबी छ ।

निर्माता थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले नै ‘सेल्फी किंग’को प्रदर्शन अधिकार खरिद गरेको छ । गोर्खेले २५ लाख रुपैयाँमा अष्ट्रेलियाको प्रदर्शन राइटस् खरिद गरेको हो ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स् खरिदको लागि बाक्लो प्रस्तावहरु आइरहेको थापाले जनाएका छन् । जसमध्ये अधिकांश देशमा‘प्रसाद’का वितरकहरु नै ‘सेल्फी किंग’ खरिदका लागि इच्छुक देखिएका छन् । उनका अनुसार केही दिनमै अन्य देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुनेछ ।

दिनेश राउत र सुभाष थापाको संयुक्त निर्माण रहेको चलचित्र ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको हो । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

फिल्मको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा चलचित्रमालक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मललामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पौडेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

फिल्ममा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha