नवरात्रीमा ‘लक्ष्मी’ बने अक्षय कुमार

एजेन्सी – अक्षय कुमारको हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षय महिलाको भेषमा प्रस्तुत भएका छन् ।

अक्षय यो फिल्ममा पहिलो पटक महिलाको भुमिकामा देखिदैछन् । सार्वजनिक तस्विरमा उनी दुर्गाको मुर्ती अगाडी उभिएका छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘नवरात्रीको सम्बन्ध आफु भित्रको शक्ति र आफ्नो अपार क्षमताको उत्सव मनाउने हो । यो पवित्र अवसरमा लक्ष्मीको रुपमा आफ्नो लुक सार्वजनिक गर्दैछु । यस्तो भुमिकाको लागि म उत्साहित छु र नर्भस पनि छु । तर, जीवनको त्यो सुरुवात हुनेछ, जहाँ आफ्नो आरामदायक जिन्दगीको अन्त्य हुन्छ.. हैन ?’

राघव लोरेन्सले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कियारा आडवाणीको पनि मुख्य भुमिका रहेको छ । यो फिल्म अर्काे वर्ष ५ जुनमा प्रर्दशन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha