प्रताप दासको स्वरमा कविता र भिजुको ‘झ्याम झ्याम’ भिडियो)

गायक प्रताप दासले नयाँ गीत ल्याएका छन् । नेपाल आइडलका तेश्रो विजेता दासले ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्याएका हुन् । गीतको भिडियोमा बिगु उगी विजेता कविता नेपाली र मोडल भिजु पार्कीले डान्स गरेका छन् । भिडियो हेर्नुस् :

‘झ्याम झ्याम’ गीतको भिडियो कोरियोग्राफर प्रविण सिंहले उत्कृष्ट बनाउने कोशिस गरेका छन् । कविता र विजुको नृत्य लोभ्याउने खालको छ । ‘परान’ जस्तो सुपरहिट गीत दिएका संगीतकार आशिष अविरलले झ्याम झ्याममा नाँचु नाँचु लाग्ने संगीत सृजना गरेका छन् । एकनारायण भण्डराीको शब्द रमाइला छन् ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन प्रितम पराजुलीले गरेका हुन् । थुप्रै हिट मेलोडी दिएका गायक प्रतापले आफ्नो पहिलो डान्सिङ नम्वले दर्शक नचाउने विश्वास भएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha