‘दशैं रमाइलो र जमघटको माध्यम मात्रै नबनोस्’ : रेखा

यतिबेला नेपालीहरुको महान् चाड दशैंको माहोल छाइरहेको छ । दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने, मिठो मसिनो खाने, साथीभाईसँग भेटघाट गर्ने, पिङ खेल्ने र रमाइलो गर्ने भन्ने आउँछ । तर, नायिका, निर्माता तथा निर्देशक रेखा थापाले फरक मत राखेकी छिन् ।

रेखाले सधैं जसो मनाउँदै आएको भन्दा फरक तरिकाले मनाउनु पर्ने बताइन् । उनले भनिन्, ‘मलाई हामीले दशैं अली फरक तरिकाले मनाउन पर्छ भन्ने महसुस भएको छ । दशैं रमाइलो गर्ने र जमघटको माध्यम मात्रै नबनोस् । हामीले घटस्थापना देखि नौ दिनसम्म नव दुर्गाको पुजा गर्छौ तर यहि देशमा कोहि महिला एसिड आक्रमणमा परिरहेका छन् भने कोहि बलात्कारमा परिरहेका छन् । दिनहुँ जसो हामी विभिन्न प्रकारको घटना सुनिरहेका छौं । यो दशैंमा सम्पुर्ण दिदी बैनीलाई एकदमै शक्तिशाली बन्ने आर्शिवाद माग्नुस् भन्न चाहन्छु । जुन तपाईहरुको मन भित्र कमजोर सत्ता छ, त्यो सत्तालाई त्यागेर अगाडी बढ्नु पर्छ ।’

उनले महिलाले दशैंमा पाउने आशिर्वादको खण्डन गर्दै भनिन्, ‘टिका लाउँदा एकदम शक्तिशाली बन्नु, बहादुर बन्नु र कसैसँग नडराउनु भन्दा पनि हामीले जहिले पनि भाग्यमानी भएस् राम्रो ज्वाईं पाओस् भन्ने आर्शिवाद पाइरहेका छौं । छोरी मान्छेलाई मान्छे बन्न दिनुस् । छोरा छोरी भनेर भेदभाव नगर्नुस् । हामी दशैंमा महिलाको रुपलाई पुजा गर्छौ तर हाम्रो घरमा ती नै महिलाको अवस्था के छ ? यो दशैंमा सबै नारीलाई दुर्गा बन्नु्ुस् भन्न चाहन्छु । आफ्नो, समाज र राज्यको मर्यादामा रहेर अगाडी बढ्नुस् तपाई जस्तो काम पनि गर्न सक्नु हुन्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha