आफ्नो मान्छेको पर्खाइमा केकी अधिकारी (भिडियो)

नायिका केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रुदै गरेकी भेटिएकी छिन् । आफुले माया गरेको मान्छेको पर्खाइमा रुदै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो । भिडियो हेर्नुस् :

‘तिमीलाई भनेर म’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरसगै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्यूजिक भिडियोमसँगै नायिका केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् । नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माको मोडलिङ गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha