‘कबड्डी ३’ समुहले दियो दशैंको शुभ-कामना (भिडियो)

‘कबड्डी कबड्डी कबड्डी’ टिमले दशैंको शुभकामना आदनप्रदान गरेको छ । फूलपातीको अघिल्लो दिन प्रेसमिट राख्दै सुपरहिट फिल्मका सबै सदस्य उपस्थित भएर वडा दशैंको शुभकामना दिइएको हो । यो भिडियो हेर्नुस् :

दशैंको शुभकामना दिने कार्यक्रममा निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, नायक कर्म, कलाकारहरु बुद्धि तामाङ, विल्सन विक्रम राई, निर्माता मणिराम पोखरेल लगायत उपस्थित थिए । असोज १० गतेदेखि प्रदर्शनमा आएको कबड्डी ३ ले बक्सअफिसमा बम्पर व्यापार गर्यो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha