दुर्गेश थापाले फेरि हाले विवादित तिहार गीत

गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् । उनले गाजाँ र बियर भन्ने शब्द म्युट गरेका छन् भने ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने शब्द हटाएर गीत अपलोड गरेका छन् । साथै उनले गीतको बोल ‘डन आयो डन’ बनाएका छन् ।

तिहारको अवसर पारेर रिलिज गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने शब्दको प्रयोग गरिएको र अर्ना बियरको प्रचार गरेको भन्दै विवादमा तानिएको थियो । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको थियो ।

यो गीत युट्युबबाट हटाउने सहमती भएपछि प्रहरीले दुर्गेशलाई छाडेको थियो । प्रहरी कार्यलयबाट छुटेपछि गायक थापाले गल्ति भएको स्विकार गर्दै माफी समेत मागेका थिए । उनले आलोचित शब्द हटाएर फेरि गीत हालेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha