दीपक मनाङ्गेको जीवनकथामा बायोपिक फिल्म बन्ने

प्रदेशसभा सासंद दीपक मनाङ्गेको जीवनकथामा आधारित बायोपिक फिल्म बन्ने भएको छ। किरण नेपाली र अमलादेवी राईको निर्माणमा फिल्मलाई निर्देशक जमन बिष्टले निर्देशन गर्न लागेका हुन् ।

निर्माण पक्ष र निर्देशक जमनबीच सोमबार औपचारिक सम्झौता भएको हो । जमन आफैंले अहिले कथामा काम गरिरहेको बताए । फिल्मले दीपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माण पक्षले बताएको छ ।

निर्माता नेपालीले भने ‘दीपक दाईको कथामा फिल्म बनाउन मेरो कम्पनीले अधिकार लिएको छ । जमनजीले कथा लेखिरहनु भएको छ । जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा फिल्म विषयमै स्नातकोत्तर गरेका छन् ।’

डनदेखि सांसदसम्म भएका दीपकको जीवनको उतारचढावलाई फिल्ममा प्रस्तुत गरिने छ । २०७७ सालको चैत्रको अन्तिम साता नयाँ वर्षलाई लक्षित गरि उक्त फिल्म रिलिज गरिने निर्माता नेपालीले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha