मल्टिप्लेक्सले चेप्दा सर्यो ‘घामड शेरे’

रिलिजको एक दिन अगाडी फिल्म ‘घामड शेरे’ सरेको छ । मल्टिप्लेक्स हलमा न्युन शो संख्या पाएपछि निर्माता तथा वितरकले फिल्म सार्न बाध्य भएका हुन् । ‘घामड शेरे’ कात्तिक ८ बाट सरेर कात्तिक २२ मा गएको वितरकको भनाई छ ।

फिल्मका नायक निश्चल बस्नेतले ‘घामड शेरे’ लाई मल्टिप्लेक्सले न्युन शो संख्या दिएपछि असन्तुष्टि जनाउँदै वितरक र हल सञ्चालकलाई लक्षित गरेर स्टाटस लेखेको केही बेरमै ‘घामड शेरे’ सरेको हो । ‘घामड शेरे’ सरेपछि कात्तिक ८ मा आउने नेपाली फिल्म ‘पोइ पर्यो काले’लाई फाइदा पुग्ने धेरैको आँकलन छ । तर, बलिउडको बहुप्रतिक्षित फिल्म ‘हाउसफूल ४’ रिलिज हुँदा नेपाली फिल्मले निकै कम शो पाउने पक्का छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha