आरतीको गीतमा रोजि र निर्जनको ‘के यो माया हो’ (भिडियो)

आरती श्रेष्ठको ‘के यो माया हो’ बोलको गीतको सार्वजनिक भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा रोजि पन्त र निर्जन थापा फिर्चड छन् । गीत हेर्नुस् :

रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ। भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भिमराज रसाईली, सिर्जना लोहागुन र सरस्वती गौतमले भिडियोमा लगानी गरेका हुन् ।

भक्तपुर दरवार स्क्वायर र नयाँ बानेश्वरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् । म्युजिक भिडियो सम्पादनको जिम्मेवारी भने धुर्बराज पराजुली ‘प्रज्जवलित’ले निर्वाह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha