सलमानको ‘दबंग ३’ प्रतिबन्ध गर्न जनजागृति समितिको माग

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ विवादमा फसेको छ । हिन्दु जनजागृति समितिले फिल्मको शिर्ष गीत ‘हुड हुड दबंग’प्रति आपत्ति जनाएको छ । यो गीतमा ऋर्षिहरुले सलमानसँग आपत्तिजनक तरिकाले डान्स गरेको भन्दै समितिले फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।

समितिले एक पत्र लेख्दै यो गीतले हिन्दू समुदायको धार्मिक भावनामाथि प्रहार गरेको दाबी गरेको छ । सलमान खानले ऋर्षिहरुलाई तल देखाएको बताएका छन् । साथै ऋषिमुनिको छविलाई पनि खराब गरेको दाबी गरिएको छ ।

यो गीतमा भगवान शिव, विष्णु र बम्हाको रुपमा पेश गरिएको तीन व्यक्तिसँग आर्शिवाद लिएको पनि देखाइएको छ । यस्तो सीनप्रति केही धार्मिक संस्थाले पनि आपत्ति जनाएका छन् । यो विषयमा सलमान खान वा फिल्मसँग सम्बन्धित कसैको पनि प्रतिक्रिया आएको छैन ।

प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा, सई मन्जरेकर र किच्चा सुदिप लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha