‘नाकैमा फूली’ विमोचनमा धरीधरी रोइन् आस्था (भिडियो)

गायिका आस्था राउतले नयाँ गीत ल्याएकी छिन् । बिहिबार प्रेसमिट गर्दै ‘नाकैमा फूली’ बोलको गीत आस्थाले सार्वजनिक गरेकी हुन् । आमा बुवा सहित मह जोडी र गायक राजु लामाले आस्थाको गीत विमोचन गरे । प्रेसमिटको यो भिडियो हेर्नुस् :

गीतमा विमोचन कार्यक्रममा आस्था धरीधरी रोइन् । प्रेस र पाहुनाका अगाडी आस्थाको खुसीका आँसु थामिएनन् । आस्थासँगै उनका पिता रोए भने आमाको पनि आँसु रोकिएन । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका आँचल शर्मा र महेश खड्का फिचर्ड छन् । भिडियोको निर्देशन शान थापाले गरेका हुन् । गीतको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha