पुष्पन प्रधानको ‘झुर मान्छे’ हेर्नुस् (भिडियो)

गायक पुष्पन प्रधानले नयाँ गीत ल्याएका छन् । पुष्पनले गाएको ‘झुर मान्छे’ बोलको गीतमा शब्द तथा संगीत संगीत श्रोताको छ । गीतको भिडियो हेर्नुस् :

प्रेममान सिंह तामाङको निर्देशन रहेको गीतको भिडियोमा अर्जेश रेग्मीलाई अमी लामा, जेम्स शाक्य, सोनी तामाङ, आलोक जोशी र अलिशा लम्सालले अभिनयमा साथ दिएका छन् । क्यामेरा सन्तोष लामाको हो भने भिडियोको सम्पादन निर्देशक तामाङले नै गरेका छन् ।

संगीतकार समेत रहेका प्रधानले गाएको गीत पन्क्षीलाई दर्शक तथा श्रोताले रुचाएका छन् । पुष्पनले ‘समर लभ’ र ‘सरौतो’ जस्ता फिल्महरुमा पनि संगीत सृजना गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha