प्रकाश र बर्षा किन भन्दैछन् ‘हुन्छ भनन’ ? (भिडियो)

गायक डेविड शंकर र गायिका पूजा सुनुवारको स्वरमा ‘हुन्छ भनन’ बोलको गीत तयार भएको छ । एक साता अगाडी सार्वजनिक भएको यो गीतको भिडियोलाई दर्शक तथा श्रोताले रुचाइरहेका छन् । झण्डै पाँच लाख दर्शकले हेरिसकेको गीतको भिडियो यस्तो बनेको छ :

गीतमा शब्द तथा संगीत दिपक शर्माको छ । लोक आधुनिक डान्सिङ नम्वरको गीतमा नायिका तथा मोडल बर्षा राउत र गायक तथा मोडल प्रकाश सपुत फिचर्ड छन् । निर्देशक अनुप चापागाईंले भिडियोलाई उत्कृष्ट बनाउने कोशिस गरेका छन् । उत्सब दाहालको छायाँकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गायक शंकर र गायिका सुनुवारलाई पनि भिडियोमा देख्न सकिन्छ ।

सुपरहिट गीत ‘पहिलो नम्वरमा’का गायकले आफ्नो यो पछिल्लो गीतलाई पनि दर्शक तथा श्रोताले रुचाउने विश्वास राखे । ‘अहिलेसम्म पाएको दर्शकको साथ प्रतिक्रियाबाट हाम्रो निकै नै खुसी छ । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौं’, गायक डेविड शंकर भन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha