सलमानको ‘दबंग ३’मा ‘मुन्ना बदनाम हुवा’ (भिडियो)

बलिउड सुपरस्टार सलमान खानको ‘दबंग ३’को मुन्ना बदनाम हुवा बोलको गीत सार्वजनिक भएको छ । गीतमा सलमानसँगै वारिना हुसैन र प्रभदेवा पनि फिचर्ड छन् । गीत हेर्नुस् :

दबंग सिरिजको पहिलो फिल्ममा मुन्नी बदनाम हुई बोलको गीत सुपरहिट भएको थियो । दबंग ३ मा आइपुग्दा मन्ना बदनाम भएको छ । कमाल खान, ममता शर्मा र बादशाहको स्वर रहेको गीतमा शब्द दानिश साबरीको रहेको छ । भने साजिद वाजिदको संगीत रहेको छ ।

प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भुमिका रहेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha