यस्तो छ ‘प्रेमगीत ३’मा शिव श्रेष्ठको अवतार

यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ मा मुख्य भुमिकामा रहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा उनी राजाको अवतारमा सिनहासनमा बसेका छन् ।

अभिनेता श्रेष्ठलाई यो अवतारमा चिन्नै मुस्किल पर्ने खाल्को छ । उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । पिरियड ड्रामा फिल्ममा प्रदीप खड्का, नव–अभिनेता मनिष राउत, नव–अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha