‘झिंगे दाउ’मा यस्तो देखिन आँचल

फिल्म ‘झिंगे दाउ’को सेटबाट नायिका आँचल शर्माको लुक सार्वजनिक भएको छ । सार्वजनिक लुकमा आँचल निकै फरक गेटअपमा देखिएकी छन् ।

उनको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रातो गुन्यू चोलीमा देखिएकी छन् । उनको हातमा हँसिया छ भने घाँसको डोको बोकेकी छिन् । आधुनिक युवतीको भुमिकामा देखिदै आएकी आँचललाई यो फिल्ममा गाउँले युवतीको भुमिकामा देख्न सकिन्छ । फिल्ममा उनको जोडी मुकुन्द भुषालसँग बाँधिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन् । भकुन्डेबेसीमा छायाँकन भैरहेको फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् । यो फिल्मलाई निर्देशक आफैले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha