‘चपली हाइट ३’ मा अर्पण थापाको अपराधी लुक्स

फिल्म ‘चपली हाइट ३’ बाट अभिनेता अर्पण थापाको लुक्स रिलिज गरिएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स मिडियालाई उपलब्ध गराएका हुन् । निकेश खड्काले निर्देशन गरिरहेको फिल्मको छायाँकन चल्दैछ ।

सार्वजनिक तस्बिरमा अर्पण थापा डरलाग्दा देखिएका छन् । पावरवाला चस्मा लगाएका उनी सिरियल किलर जस्ता देखिन्छन् । सरसर्ती हेर्दा अर्पण ‘चपली हाइट ३’ का भिलेन हुन् । फिल्ममा सम्भवतः उनले अपराधीको भूमिका निभाएका छन् । उनले यस्तै लाग्ने लुक्स फिल्म धन्दामा गरेका थिए, तर उस्तै भने होइन् ।

फिल्म ‘चपली हाइट ३’ मा अर्पणसँगै नायक अमिर गौतम नायिकाद्वाय स्वस्तिमा खड्का र सुपुष्पा भट्टको अभिनय छ । फिल्मको प्रदर्शन मिति चैत २८ गतेलाई तोकिएको छ । निर्माता अर्जुन कुमारले फिल्म फ्लोरमा गएसँगै ‘चपली हाइट ३’ को प्रदर्शन मिति आउँदो नेपाली नयाँ वर्षलाई तोकेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha