बलिउडमा बायोपिक फिल्मको लहर, जान्नुस् यी फिल्म आउँदैछन्

एजेन्सी – बलिउडमा पछिल्लो समय बायोपिक फिल्म बनाउने लहर चलेको छ । केहि वर्ष अगाडी बायोपिक फिल्म बनाउन खासै जोड गरिदैन थियो । तर केहि बायोपिक फिल्म हिट भएपछि अहिले बलिउडमा बायोपिक बनाउने लहरै छाएको छ ।

सन् २०१९ मा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर, ठाकरे, मणिकर्णिका, पीएम नरेन्द्र मोदी, सुपर ३०, सान्डकी आँखा’ जस्ता बायोपिक फिल्म रिलिज भएका थिए । यी फिल्मले दर्शकको प्रशंसा पाउनुको साथै बक्स अफिसमा पनि राम्रो प्रर्दशन गरेका थिए ।

सन् २०२० मा यी बायोपिक फिल्म आउँदैछन् :

छपाक
एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित फिल्म ‘छपाक’मा दीपिका पादुकोणको मुख्य भुमिका रहेको छ । मेघना गुलजारको निर्देशनमा बनेको फिल्म छायांकन सुरु भएसँगै चर्चामा छ । यो फिल्मको पोस्टर पनि सार्वजनिक भईसकेको छ । यो फिल्म सन् २०२० जनावरी १० मा रिलिज हुँदैछ ।

गुञ्जन शर्मा बायोपिक
भारतको प्रथम महिला एयरफोर्स पाइलटको जीवनीमा आधारित फिल्ममा जाह्नवी कपूर मुख्य भुमिका रहने छ । यो फिल्मको लागि जाह्नवी निकै मिहेनत गरिरहेकी छिन् । फिल्ममा जाह्नवीसँगै अंगद बेदी र पंकज त्रिपाठी लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म २०२० मार्च १३ मा रिलिज हुँदैछ ।

थलाइवी
यो फिल्म साउथको दिग्गज अभिनेत्री तथा राजनेता जयललिताको जीवनीमा आधारित छ । कंगना रनावतको शीर्ष भूमिका रहने यो फिल्म पनि सन् २०२० जुन २६ मा रिलिज हुँदैछ ।

पृथ्वीराज
महाराजा पृथ्वीराजा चौहानको जीवनीमा आधारित फिल्ममा अक्षय कुमारले शीर्ष भूमिका निभाउनेछन् भने मानुषी छिल्लरले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्नेछिन् । यो फिल्म २०२० नोबेम्बर १३ मा रिलिज हुनेछ ।

सरदार उधम सिंह
सरदार उधम सिंहको जीवनीमा पहिला पनि फिल्म बनिसकेक छ । उनको जीवनीमा पुनः फिल्म बन्दैछ । यो फिल्ममा विक्की कौशल मुख्य भुमिकामा रहेका छन् । यो फिल्म २०२० अक्टोबर २ मा रिलिज हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha