‘कथा परिवर्तन गर्न आवश्यक छ’ : रेखा थापा

१६ दिने महिला अभियान अन्र्तगत गत साता जनकपुरमा महिला नेतृत्वकर्ताहरुको सहभागीतामा एउटा समारोह आयोजना गरिएको थियो । त्यसमा नायिका तथा सामाजिक अभियान्ता रेखा थापा सहभागी भएकी थिइन् ।

समारोहमा पुर्व मिस नेपाल माल्भिका सुब्बाले रेखालाई देशका महिलाका अवस्था प्रश्न राखेकी थिइन् । जसमा रेखाले केही महत्वपूर्ण बुँदाहरु समारोहमा राखेकी थिइन् । रेखाले बोलेका केही महत्वपूर्ण भनाईहरु यस प्रकार छन् ।

महिलाहरुलाई महिला बन्ने तालिम दिइन्छ । महिला बन्ने तालिम बन्द गर्नु पर्यो । महिला आफैले आफुभित्र बाटै बिद्रोह गर्न सक्नु पर्यो ।

यहाँ छोरी मान्छेलाई जहाँपनि दर्शक बनाए राखिन्छ । महिला आफैपनि आश्रित भैरहेका छन् । महिला सक्रिय भएर अगाडी बढ्यो भने देशको आर्थिक अवस्था पनि मजबुद हुन्छ ।

विश्वका तथ्यांक हर्ने हो भने ५५ करोड महिला र २५ करोड पुरुष अशिक्षित छन् । बालिक अवस्थामै बिहे हुन्छ । कतिपय घरेलु हिंसाको घटना दर्ता नै हुँदनैन् । हरेक दिन महिलाहरु सुत्केरी हुन नपाएर मर्छन् । यसरी महिलाको विकास कसरी हुन्छ ?

महिलाले भ्रष्टचार गरेका कमै सुनिन्छ । सत्ताका महिला पनि कोटामा सिमित छन् । महिलालाई किन कोटामा राखिन्छ ? महिलालाई देश सञ्चालन गर्न दिएको खण्डमा भ्रष्टचार पक्कै कम हुन्छ ।

सत्तामा भएका पुरुषले महिलालाई जहिल्यै पनि दोश्रो दर्जामा राखेर हेर्छन् । यसको लागि कथा नै परिवर्तन हुन आवश्यक छ । महिलाले भूमिका परिवर्तन गर्ने हो भने महिला स्वतः शशक्त हुन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha