दिपकराज लेख्छन्, ‘शिव रेग्मी पाठशाला हुनुहुन्थ्यो’

निर्माता तथा निर्देशक शिव रेग्मीको निधन भएको आज मंसिर २४ गते ६ वर्ष पुरा भएको छ । तर उनले फिल्म क्षेत्रमा दिएको योगदान भने जिवित नै छ । उनको छैठौं वार्षिकमा दिपकराज गिरीले शिव रेग्मीलाई सम्झिएका छन् ।

दिपकले सामाजिक सञ्जाल फेसबुकमा शिव रेग्मीको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘आज उहाँले संसार छोड्नु भएको ६ वर्ष भएछ । चलचित्र लेखनमा म कसैको फ्यान थिए भने त्यों उहाँ नै हो । स्वर्गीय शिव रेग्मी ….विषय वस्तुको उठान, त्यसको प्रस्तुतीकरण मर्मस्पर्शी संवाद, कमेडि सेन्स, गीत लेखन.. समग्रमा भनौ उहाँ चलचित्र लेखकका लागि सिंगो पाठशाला हुनुहुन्थ्यो । म जिस्क्याउथे पनि ‘आँशु स्पेशलिस्ट’ भनेर .. तर बिडम्वना हामिले न ज्यूदो हूदा स्रष्टाको उचित सम्मान गर्यौ न मृ्त्यु पश्चात नै सम्झन्छौ । कमसेकम चलचित्र लेखकहरूले बिर्सनै नसक्ने नाम, नेपाली फिल्मलाई बेतुके एक्सन धारबाट कथानक धारमा डोर्याउने एक मात्रै आदरणीय प्रतिभा स्व.शिव रेग्मीज्यू मा एक अघोषित शिष्यको हैसियतले भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु ।’

स्व.निर्देशक शिव रेग्मीले ‘हामी तिन भाई, ए मेरो हजुर, आफ्नो मान्छे, आफन्त, सुख दुःख, उपहार, पाहुना, कहाँ भटिएला, साथी म तिम्रो’ लगायत थुप्रै फिल्म निर्देशन गरेका छन् । उनले प्राय आफुले निर्देशन गर्ने फिल्मको कथा आफै तयार पार्दर्थे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha