‘ठेकी भित्र मदानी’ मा केकी र विजुको रोमान्स (भिडियो)

गायिका अञ्जु पन्तको स्वरमा ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् । केकी अधिकारी र विजु पार्की फिचर्ड गीतको भिडियो हेर्नुस् :

‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका स्रष्टा निम संगीतले सार्वजनिक गीतमा गाउँ घरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन् । ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सञ्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् ।

सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha