पल शाह र टंक बुढाथोकीको ‘रातो गुलाब’ रिलिज (भिडियो)

टंक बुढाथोकीको शब्द, संगीत तथा स्वरमा ‘रातो गुलाब’ बोलको गीत तयार भएको छ । शुक्रबार सार्वजनिक गीतमा भिडियोमा टंक सहित नायक तथा मोडल पल शाह र अन्य एक दर्जन कलाकारहरुले मोडलिङ गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

गीतमा टंकलाई कविता सिवाकोटीले स्वरमा साथ दिएकी छिन् । भिडियोमा टंक र पलसँगै बिना राउत, कविता स्वंयम, शोभित बस्नेत, अस्मिता सुन्दर जुरेली, रञ्जन अर्याल, अशोक दर्जी, एआर बुढाथोकी, आयुष गुरागाईं, अँशु गुरागाईं, सालिजा ओली र सेली ओली छन् । छोरा एआर बुढाथोकीको जन्मदिनको अवसर पारेर टंकले ‘रातो गुलाब’ शुक्रबार सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha