‘कभी ईद कभी दिवाली’मा सलमान र कृतिको जोडी ?

एजेन्सी – बलिउड अभिनेता सलमान खानले नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ घोषणा गरेका छन् । उनले यो फिल्म घोषणा सँगै २०२१ को ईदमा प्रर्दशन मिति तय गरिसकेका छन् ।

फरहाद सामजीले निर्देशन गर्ने फिल्मलाई साजिद नाडियालवाले निर्माण गर्नेछन् । यस फिल्ममा सलमानको जोडी कृति सेननसँग बाँधिने सम्भावना छ । कृतिले निर्माता साजिदको फिल्म ’हीरोपंती’बाट बलिउडमा डेब्यू गरेकी थिइन् भने हाल उनी साजिद र फरहादको फिल्म ’बच्चन पांडे’मा काम गरिरहेकी छन् । केहि समय अगाडी कृति र सलमान ‘बिग बोस ९’को सेटमा एक साथ देखिएका थिए । साथै उनीहरुको रोमान्सलाई दर्शकले रुचाएका थिए ।

२००९ देखि ईदमा कब्जा जमाउदै आएका सलमानको यस वर्ष ’राधेः द मोस्ट वान्टेड भाइ’ रिलिज हुँदैछ । फिल्ममा सलमानसँगै दिशा पाटनी, ज्याकी श्राँफ र रणदीप हुडाको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha