‘रंगमञ्चमा अभिनय गरेपछि जहाँ पनि फिट भइन्छ’: निर्देशक दिपा

निर्देशक तथा कलाकार दिपा श्री निरौलाले रंगमञ्चबाट आउने कलाकारलाई फिल्ममा राम्रो स्थान रहेको बताइन् । आइतबार शैली थिएटरमा ‘विवाहको प्रस्ताव’ नामक नाटक हेर्न पुगेकी दिपाले थिएटर कलाकारको तारिफ गर्दै थिएटर कलाकारले फिल्ममा राम्रो स्थान बनाउने बताएकी हुन् ।

उनले भनिन्, ‘रंगमञ्चमा अभिनय गरिसकेपछि जहाँ पनि फिट हुन्छौं । हामीलाई पनि मलाई फिल्ममा खेलाउने पर्याे भन्ने कुरा आइरहेको हुन्छ । म पहिला नाटकमा पोख्त हौं, अनि फिल्ममा आऊ भन्छु । किन भने रंगमञ्च भनेको अनुशासन हुने ठाँउ हो । नाटक गरिसकेको मान्छेले जहाँ पनि आफ्नो स्थान बनाउन सक्छ ।’

उनले आफुलाई पनि रंगमञ्चमा लगाव भएको कुरा बताउदै भनिन्, ‘म हरेक वर्ष गाइजात्रामा रंगमञ्चमा नाटक गरिरहेको हुन्छु । रंगमञ्च भनेको भगवान् हो । रंगमञ्चमा काम गर्ने कलाकारको डर सबै हराइसकेको हुन्छ । फिल्ममा आउँदा कोहि थोरै क्यामेरासँग डराउछन् । थिएटरका मान्छेले अभिनय गर्दा आफु भित्रको डरलाई हटाएर फिल्ममा पुगेका हुन्छन् । नाटक र फिल्मलाई सँगै लैजानु एकदमै राम्रो हो । जस्तो दयाहाङ हाङ र सौगात जीले लैजानु भएको छ । उहाँहरुले गरेको काम एकदमै पोख्त हुन्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha