‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बनाउदै युवा फिल्म्स

तेलिगु सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले फिल्मको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो ।

अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने युवा फिल्म्सबाट केशव खड्का र आशिष श्रेष्ठले जानकारी दिए । ’अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् । साउथ फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै जानकारी गराउने निर्माण पक्षले बताएका छन् ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनित फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । यसै फिल्मको हिन्दी रिमेक ‘कबिर सिंह’ले पनि व्यापारिक सफलता हात पारेको थियो । बलिउड फिल्ममा नायक शाहिद कपुर र कियारा अडवानीको मुख्य भुमिका रहेको थियो ।

युवा फिल्म्सले यस अघि नेपाली फिल्म कबड्डी, पुरानो डुङ्गा लगायतका फिल्म यु.एस.एमा वितरण गरिसकेको छ । साथमा युवा फिल्म्सको ब्यानरमा फिल्म ’सफर’ निर्माण भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha