‘मान्छेको पहिचान उसको विचार र व्यवहार हो’: रेखा थापा

अभिनेत्री रेखा थापाले कसैलाई पहिरनको आधारमा मुल्यांकन गर्न नहुने बताएकी छिन् । डिबि खड्काको ‘नियत’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेकी रेखाले परिहरनको आधारमा मुल्यांकन गर्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘मलाई स्कर्ट सुहाउँछ । म लगाउछु, त्यस्तै मलाई सारी पनि सुहाउँछ । म सारी पनि लगाउछु । तर मलाई अचम्म लाग्छ मान्छेहरु पहिरन हेरेर मुल्यांकन गर्छन् । पहिरनले मान्छेको पहिचान झल्काउदैन । सिम्पल कुर्था सुरुवाल लगाउने केटीको पनि चरित्र अलग हुन सक्छ । कोहि विकिनी लगाएर हातमा वियर लिएर बस्यो भन्दैमा त्यो गलत भन्ने हुँदैन ।’

उनले थप्दै भनिन्, ‘मान्छेको पहिचान उसको विचार र व्यवहार हो । मलाई कहिले पनि यस्ता कुराले ह्यारेस्टमेन भएन । तर जहिले पनि मेरो छोटो स्कर्टलाई लिएर गसिप बन्थ्यो ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha