‘सेल्फी किंग’को गीत ‘जिन्दगीको के छ र भर’

विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’को जिन्दगीको के छ र भर बोलको गीत सार्वजनिक भएको छ । केतन क्षेत्रीको स्वर रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । गीत सुन्नुस् :

सुरज गैरेको शब्द रहेको गीतमा सुवाष भुसालको संगीत रहेको छ । भने एरेन्ज उदय राज पौडेलको रहेको छ । ड्रामेडी (ड्रामा र कमेडी) जनरामा निर्माण भएको यस फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको ’सेल्फी किङ’मा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छाँयांकन र जिवन थापाको सम्पादन रहेको छ । यो फिल्म माघ २४ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha