‘ए मेरो हजुर ४’ मा पनि अनमोलको साथी सलोन

झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ४’ मा सलोन बस्नेत फाइनल भएका छन् । उनी फिल्ममा अनमोल केसीको साथीको भुमिकामा देखिदैछन् ।

हिरोको भुमिकामा जम्न नसकेका सलोन हिरोको साथीको भुमिकामा भने खुब जम्दै आएका छन् । अनमोल र उनको मित्रता पर्दामा निकै रुचाइएको छ । सलोन र अनमोलले ‘होस्टल, गाजलु, ए मेरो हजुर ३’ मा एक साथ काम गरिसकेका छन् । अब, ए मेरो हजुर ४ मा पनि सलोन र अनमोलको मित्रता देख्न सकिन्छ ।

उनले ‘ए मेरो हजुर’को दोस्रो सिरिजमा सलिनमान बनियाँसँग र तेस्रो सिरिजमा अनमोलसँग सहकार्य गरेका थिए । भने फेरी उनी अनमोलको साथमा देखिदैछन् । ए मेरो हजुर ४ सम्म आइपुग्दा सलोनले हाट्रिक गरेका छन् ।

फागुन १३ गतेबाट छायांकन सुरु हुने फिल्ममा अनमोलसँग नायिका सुहाना थापाको जोडी बाँधिनेछ । यसअघि यी दुईले फिल्म ‘ए मेरो हजुर ३’ मा रोमान्स गरेका थिए । सुहाना फिल्म्सको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्मको अहिले स्क्रिप्टको काम भइरहेको छ । भने फिल्म अर्को वर्ष २०७७ को दशैंमा गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha