कलाकार केदार घिमिरेलाई ५ सय जरिवाना

हाँस्यव्यांग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काटेर कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

बिहान चिट पाएका केदार दिउँसो महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेका थिए । उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका प्रतिक्रिया दिएका छन् । यातायात व्यवस्था ऐनको प्रावधान अनुसार कलाकार घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ । चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गर्दै ‘तपाइँले सिट बेल्ट लाउनु भएको रहेनछ कारबाही गर्छु है’ भनेको समेत उनले सञ्चारकर्मीसँग बताएका छन् ।

महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाएका थिए । उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन गरेको भन्दै आभार समेत व्यक्त गरे ।

एयरपोर्टमा महिला प्रहरी र गायिका आस्था राउतबिच भनाभन भएपपछि अवस्था विषम बनेको थियो । महिला प्रहरीको उजुरी पश्चात आस्थालाई पक्राउ पुर्जी समेत काटिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha