‘एन्टीहिरो’मा अनमोल र जसिताको जोडी

फिल्म ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङ अनुबन्धित भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिता ‘एन्टिहिरो’मा नायिकाको रुपमा फाइनल भएकी हुन् ।

काजल फिल्मस् ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल र जसिता जोडीको रुपमा प्रस्तुत हुने छन् । ‘लिलिबिली’ फिल्मबाट डेब्यु गरेकी जसिताले पहिलो पटक अनमोलसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । यो फिल्ममा भुवन केसी खलनायकको भुमिकामा देखिदैछन् । फिल्मको छायांकन वैशाख १ गतेबाट सुरु हुनेछ ।

अनमोल हाल ‘ए मेरो हजुर ४’ को वर्कसपमा व्यस्त छन् । यसपछि उनी घरेलु ब्यानरको फिल्म ‘एन्टिहिरो’को सुटिङ सुरु गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha