झुप्रीले ल्याइन् आफ्नै कथामा ‘सम्झि रुना रुना’ (भिडियो)

‘दि भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी झुप्री भण्डारीको ‘सम्झि रुना रुना’ बोलको देउडा गीत सार्वजनिक भएको छ । झुप्रीले दि भ्वाइसमा आफ्नै रचनामा रहेको गीत गाएर चर्चामा आएकी थिइन् । गीत हेर्नुस् :

आफ्नै जीवन कथामा आधारित गीतमा झुप्रीसँगै उनका बुबा बलराम भण्डारी र आमा नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । झुप्री र कमल संघर्षको शब्द गीतमा पाण्डव विष्टले संगीत भरेका छन् । भने विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।

विनोद याक्खा र विरेन तितुङ्गले खिचेको म्युजिक भिडियोलाई विनोद याक्खाले सम्पादन गरेका छन् । यो गीतलाई कमल संघर्ष र वरुण रिजालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha