ज्योति फिल्म अवार्डमा स्मृति गौतम उत्कृष्ट काठे दोहोरी गायिका

लोक दोहोरी गायिका स्मृति गौतमले सर्वोत्कृष्ट काठे लोक दोहोरी गायिकाबाट ज्योति फिल्म अवार्ड हात पारेकी छिन् । गायिका गौतमको स्वर रहेको ‘रातो सारी पानबुट्टे चोली…’ बोलको काठे गीतबाट उनले अवार्ड हात पारेकी हुन् ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट उनलाई अवार्ड प्रदान गरिएको थियो । ज्योति फिल्म्स प्रोडक्सनले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उनलाई अवार्ड दिइएको हो ।

गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गरिएको लागेको ज्योति फिल्म्स प्रोडक्सनले बताएको छ । त्यस्तै, अवार्ड हात पारेसंगै आफ्नो मिहेनत र कलाको सम्मान भएको अनुभूति आफूलाई भएको गायिका गौतम बताइन् ।

उनले भनिन्,‘आफूले गरेको मिहेनतबाटनै आज म यहाँसम्म आइपुगेको छु । काठे गीतको प्रचार र प्रवर्धनमा कमी हुँदै गइरहेको समयमा आफ्नो कलाको सम्मानस्वरुप अवार्ड पाउँदा निकै खुसी भएको छु ।’ आफूलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेकी छिन् ।

गायिका गौतम लामो समयदेखि लोक तथा काठे क्षेत्रका मौलिक गीतका साथ उपस्थित हुने गरेकी छिन् । अवार्डमा १ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha