नायिका आश्मा गिरीको निर्देशनमा ‘ए मेरी पूजा’ (भिडियो)

नायिका आश्मा गिरीले भ्यालेन्टाइन्स डेको अबसर पारेर आफू निर्देशित ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । ‘ड्रिम गर्ल’ बाट फिचर फिल्मको यात्रा सुरु गरेकी आश्माले आफ्नो युट्युव च्यानल नेफोली क्रिएसन्सका लागि सो म्युजीक भिडियो निर्माण गरेकी हुन् ।

भिडियो सार्वजनीक गरेको उपलक्ष्यमा आश्माले शुक्रबार नेफोलि क्रिएसन्सको टिमसहित सिफलस्थित बाल संरक्षण गृहमा आश्रीत बालबालिकासँग भ्यालेन्टाइन्स डे मनाइन् । उनले बालबालिकालाई केक खुवाउदै पढेर असल नागरिक बन्न प्रेरित गरेकी थिइन् । उनले आफू समाजसेवी भावनाको भएकाले असाहय बालबालिकालाई सहयोग गर्न आश्रम पुगेको बताइन् ।

त्यसैगरी, शुक्रबार साँझ भने उनले नेफोलि क्रिएसन्सका तर्फबाट हात्तिसार स्थित एक रेस्टेरेन्टमा टिकटकमा चर्चित प्रतिभाहरुबीच जमघट कार्यक्रम आयोजना गरिन् । टिकटकरमाझ आफ्नो कम्पनीका कामहरुको जानकारी दिनुका साथै उनले त्यहाँ ‘ए मेरी पूजा’ को प्रमोशन गरेकी थिइन् । टिकटकमा चर्चित प्रतिभाहरुले आश्माको कलाकारिता तथा भिडियो निर्देशनको प्रसंसा गर्दै आगामी दिनमा अझ सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कौशलराज खड्कोको स्वर र संगीतमा रहेका ‘ए मेरी पूजा’ बिशाल मल्लले लेखेका हुन् । भिडियोमा हिमांशु कार्की,आशिका श्रेष्ठ र नेहा लिम्बू फिचर छन् । सुवल डंगोलले खिचेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, बिजेश पौडेलको भिएफएक्स,कलर र एडिट छ । भिडियोको निर्मातामा आश्मा स्वयम्, कौशलराज खड्का र प्रलभ ढुंगाना छन् । आश्मा ‘ड्रिमगर्ल’ पछि मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको ‘सँगसँगै’ फिल्ममा अनुबन्धित भएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha