रोकिएन पल शाहको म्युजिक भिडियो रिलिज हुने क्रम !

नायक पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । पल र पूजा शर्मा अभिनित फिल्मको प्रोमो समेत सार्वजनिक भैसकेको छ । तर पल अभिनित म्युजिक भिडियोपनि दिनहुँ जस्तो सार्वजनिक भैरहेका छन् ।

गत साता पल शाह नाचेको ‘धरोधर्म बिद्यानास’ बोलको लोक गीत सार्वजनिक भएको थियो । यो लगत्तै उनी फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अञ्जु पन्त र बसन्त थापा मगरको स्वर रहेको ‘कहिले दायाँ कहिले बायाँ’ को भिडियोमा पललाई नग्मा श्रेष्ठ र शोभित बस्नेतले साथ दिएका छन् । भिडियो यस्तो बनेको छ :

उसो त पल शाह म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेका हुन् । तर फिल्म रिलिजको मुखमा दिनहुँ जसो भिडियो आउँदा दर्शक झुक्किने त होइनन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha