पूर्व प्रेमीसँग आक्रोश पोख्दै नेहाले भनिन्, ‘मेरो नाम प्रयोग नगर’

एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्करको अभिनेता हिमांश कोहलीसँग ब्रेकअप भएको एक वर्ष बितिसक्यो । नेहाले उनीहरुको ब्रेकअपबारे खुलेर कुरा गरेपनि हिमांश चुपचाप थिए । त्यसैले पनि नेहालाई हिमांसले धोका दिएको भन्ने अनुमान थियो ।

हालै एक अन्तर्वार्तामा हिमांशले नेहा कक्करसँगको ब्रेकअपबारे बोलेका छन् । उनले मिडियाले मात्र नभएर आम मान्छेले आफूलाई नेहा कक्करको एक्स भनेर बोलाउने गरेको बताए । उनले भने, ‘मलाई मिडियाले मात्र होइन, आम मान्छेले नेहाको एक्स भनेर बोलाउँछन् । मेरो सम्बन्ध कसैसित थियो । तर कसैलाई सधैं कसैको नाम जोडेर बोलाउनु कसलाई राम्रो लाग्छ? म नेहालाई लिएर एकदमै सिरियस थिए । मेरो बिहे गर्ने सोच पनि थियो । तर नेहाले नै यो सम्बन्धलाई अगाडि बढाउन चाहेनन् ।’

उनले आफुले मात्र आरोप प्रत्यारोप खेप्नुपरेको बताए । ब्रेकअप गर्ने निर्णय नेहाको भए पनि उनलाई सामाजिक सञ्जालबाट बदनाम गरेको आरोप लगाएका छन् । हिमांशले बे्रकअपको बारेमा मुख खोलेपछि नेहा कक्करले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छन् ।

नेहाले लेखेकी छन्, ‘मान्छेहरुले जे भने पनि मलाई केहि फरक पर्दैन । तर फेक भनेको मन पर्दैन । मेरो नामको प्रयोग नगर्नु होला । आफ्नै कामको दममा प्रसिद्ध बन्नुस् । प्रसिद्ध हुनको लागि मेरो नामको प्रयोग नगर्नुस् । यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि खोल्छु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha