‘लभ आजकल’ असफल भएपछि साराले भनिन्, ‘मेरो काम रिलिज भन्दा पहिला हुन्छ’

एजेन्सी – बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यन अभिनित फिल्म ‘लभ आजकल’ले बक्स अफिसमा राम्रो प्रर्दशन गर्न सकेन । दर्शक दुई कलाकारलाई अनस्क्रीन हेर्न प्रतिक्षामा थिए । यो फिल्म प्रर्दशनीमा आयो तर दर्शकलाई प्रभावित पार्न असफल भयो ।

यो फिल्म १२ करोडमा ओपनिङ्ग गरेर कार्तिकको सबैभन्दा ठूलो ओपनर फिल्म बन्यो । तर दुई तीन दिन बित्न नपाउदै फिल्मको व्यापार खस्कियो । यो फिल्म असफल भएपछि साराले प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘म एक एक्ट्रेस भएको हिसाबले मेरो काम रिलिज भन्दा पहिला हुन्छ । हाम्रो काम निर्देशकको कुरा सुनेर मन लगाएर क्यामेराको अगाडी काम गर्ने हो । मैले पनि त्यस्तै गरे । यसपछि फिल्म दर्शक र मिडियाको हातमा हुन्छ, हामी यसलाई माया गरिदिनु हुन्छ भन्ने आश गर्छौ ।’

हाल सारा आगामी फिल्म ‘कुली नम्बर १’को छायांकनमा व्यस्त छिन् । डेविड धवनले निर्देशन गर्न लागेको फिल्ममा सारा र वरुण धवनको मुख्य भुमिका छ । यो फिल्म मे १ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha