‘तेजस’मा एयरफोर्स पायलट बनिन् कंगना

एजेन्सी – बलिउड फिल्म ‘तेजस’बाट कंगना रनावतको लुक सार्वजनिक भएको छ । उनले फिल्ममा एयरफोर्स पायलटको भुमिका निभाएकी छन् । कंगनाको सार्वजनिक लुकमा उनी सेनाको बर्दीमा देखिएकी छन् ।

कंगनाले फिल्मबारे बताउदै भनिन्, ‘फिल्ममा मेरो भुमिका प्रेरणदायिक छ । यो एक एयरफोर्स पायलटको कहानी हो । डारेक्टर सर्वेश मेवाडा र उनको टीमले यसबारे निकै रिसर्च गरेका छन् । फिल्मको लागि सरकार र एयरफोर्सबाट पनि अनुमति लिइएको छ । फिल्म राम्रो बन्छ भन्ने आशा छ । तेजस एक व्यक्तिको कहानी होइन । यो समकालीन घटनामा आधारित छ । यो फिल्म कुनै पायलटको बायोपिक पनि होइन ।’

सर्वेश मेवाडाले निर्देशन गरेको फिल्म २०२१ अप्रिल देखि प्रर्दशन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha