दयाहाङ राईको काँधमा फिल्मको चाङ, चल्ला कुन ?

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘सेन्टी भाइरस’ यहि शुक्रबार, फागुन ९ गतेदेखि प्रर्दशन हुँदैछ । यो फिल्म रिलिजपछि पनि उनको हातमा फिल्मको चाङ छ ।

दयाहाङलाई लिएर फिल्म बनाउने निर्माता र निर्देशकको लाइन लामै छ । उनी आफ्नो भूमिकालाई न्यायपूर्ण तरिकाले निभाउँछन् । उनीसँग काम गर्न हरेक फिल्मकर्मी सहज महसुस गर्ने भएका हुँदा पनि दयाहाङको हात कहिलै खाली हुँदैन । दयाले केहि महिना अगाडी रेखा थापाको अनटाइटल प्रोजेक्टसाइन गरेका थिए । त्यस लगत्तै उनले दिपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘दुई नम्बरी’, सुव्रतराज आचार्यको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’ र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘गोर्खा वारियर’ साइन गरिसकेका छन् ।

दयाको मुख्य भूमिकामा रहेको फिल्म ‘दयारानी’ प्रर्दशनको पर्खाइमा छ । यो फिल्म प्रर्दशन गर्न अनकुल समय नभएको भन्दै दुई तीन पटक सारियो । यस्तै निरफूल पनि प्रदर्शनको उचित मिति पर्खेर बसेको छ । हालसम्म दयाले जति वटा फिल्म साइन गरेका छन्, ती फिल्म केही न केही रुपले आशा गरिएको फिल्म हो ।

दया धेरै फिल्म खेल्ने कलाकारहरु मध्येमा अग्रपंत्तिमा पर्छन् । कुनै मितिमा दयाका दुई फिल्म एकै पटक रिलिज भएका थिए । अर्को साल पनि यस्तै हुने त होइन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha