सरोजको जन्मदिनमा ‘कमेरोले पोतेको दुई तलाको घर’ रिलिज

कार्टुञ्ज क्रुका सरोज अधिकारीको जन्मदिनको अवसर पारेर बिहिबार ‘कमेरोले पोतेको दुई तलाको घर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वर छ । भिडियो यस्तो छ :

गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारीसँगै क्रुकै आश्मा विश्वकर्मा र युट्युबर जिवेश गुरुङको अभियन छ । गीतमा संगीत दिपक शर्मा र शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् ।

गायक सरोज ओलीले निर्देशन गरेको गीतलाई विक्रम सुनारले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोको छायाँकन झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि गरिएको हो।

एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम श्वेत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha