‘प्रेम पूजा’को पहिलो झलक सार्वजनिक, दशैंमा रिलिज

माहाशिबरात्रीको अवसर पारेर फिल्म ‘प्रेम पूजा’ को पहिलो झलक सार्वजनिक गरिएको छ । सस्पेन्श जानराको थिम पोस्टर रहेको सामाजिक प्रेमकथा मा आधारित ‘प्रेम पूजा’ लाई अमरदिप सापकोटा ले निर्देशन गर्नेछन् । उनले यसअघि ‘कारखाना’ को निर्देशन गरेका थिए ।

प्रेम पूजाको छायाँकन बैशाखको पहिलो साताबाट छंयाकन सुरु हुनेछ । ईन्टरटेन्मेन्ट वल्र्डडवाईड प्रा लि ले निर्माण गर्ने फिल्मको काठमाडौ, चितवन र भारतको बनारसमा छायाँकन गरिनेछ । फिल्मको कथा, पटकथा तथा सम्बाद छक्का पञ्जा सिरिज का लेखक अभिमन्यु निरभिको रहेको छ । । हाल ‘प्रेम पूजा’ को प्राबिधिक तथा कलाकारहरू को छनौट कार्य भैरहेको छ । फिल्ममा नयां पुस्ता र पुराना पुस्ताका कलाकार हरूको अभिनय देख्न पाईनेछ । तीमध्ये अडिशन मार्फत नयाँ अनुहार को खोजि गरिने निर्देशक सापकोटाले बताए ।

पहिलो झलकसँगै निर्माण टिमले प्रेम पूजाको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘प्रेम पूजा’ आउँदो वर्ष २०७७ को बिजया दशमी बाट प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha