फ्राइडे रिलिज : ‘सेन्टी भाइरस’ सँगै ‘आमा’ दर्शकमाझ

फागुन ९ गते शुक्रबार देखि दुई नेपाली फिल्म प्रर्दशनमा आएको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म सेन्टी भाइरस र दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म आमा एक साथ प्रर्दशनमा आएको हो । यी दुवै फिल्मले दर्शकलाई हलसम्म तान्ने अनुमान गरिएको छ ।

‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को मुख्य भुमिका रहेको छ । उनीहरुको साथै फिल्म दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायत कलाकारको अभिनय छ । सुबिहानी फिल्म्स् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा बिन्दु लामा ह्याल्मोको निर्माण रहेको छ ।

‘आमा’मा मिथिला शर्माको मुख्य भुमिका रहेको छ । उनको साथै फिल्ममा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारीलगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

यी दुई नेपाली फिल्मसँगै नेपाली फिल्महलमा दुई हिन्दी फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिज भएको छ । त्यसैगरी हलिउड फिल्म ‘द कल अफ द वाइल्ड’ पनि रिलिज भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha