‘पर्खी बसे फर्की आउँछु’मा प्रेम परियारको अभिनयसँगै गायन पनि

फिल्म ‘पर्खी बसे फर्की आउछु’ को शिर्ष गीतमा प्रेम परियार र सबनम आचार्यले स्वर भरेका छन् । सुन्दर पन्तको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

दाङ्गमा छायाकन भएको फिल्ममा गायक प्रेम परियार, समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउवाला गौतम, दीपक थापा, शुभम गौतम, लोकराज पराजुली, हेमराज बीसी लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट गायक प्रेम परियारले डेब्यु गरेका हुन् । अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा बोल्ने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका छन् ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज विक कार्यकारी निर्माता, यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेका छन् । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha