प्रकाश र वर्षाको ‘परदेशी २’को मूहूर्तसँगै छायांकन सुरु

फिल्म ‘परदेशी २’को शुभ मूहूर्तसँगै छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने फिल्मको छायांकन आजैबाट सुरु गरिएको हो ।

यो फिल्ममा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्यु भुमिका रहेको छ । प्रकाशले फिल्मलाई लिएर उत्साहित रहेको बताउदै भने, फिल्मको छायांकन सुरु हुन लाग्दा मलाई खुशी, डर र उत्साह सबै भइररहेको छ ।’ साथै उनले इमान्दार भएर फिल्मको काम गर्ने बताए । यो फिल्मले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ ।

फिल्म ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको हो । निर्माण टिमले यो फिल्म आउँदो वर्षको दशैंमा रिलिज गर्ने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha