कनिका कपूरको पाँचौं कोरोना परिक्षण नेगेटिभ

एजेन्सी – बलिउड गायिका कनिका कपूरको पाँचौं कोरोना भाइरस परिक्षण नेगेटिभ आएको छ । उनको यो नतिजा शनिबार आएको हो ।

उनको कोरोना भाइरस टेस्ट नेगेटिभ आएको एनीले टुविटर मार्फत जानकारी दिइएको हो । उक्त टुविट लेखिएको छ, ‘बलिउड गायिका कनिका कपूरको कोभिड–१९ को पाँचौ टेस्ट नेगेटिभ आएको छ । तर उनलाई लखनऊको पीजीआई अस्पतालमै राखिनेछ । उनको एक अर्काे टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने छ ।’

उनको लखनऊ स्थित संजय गान्धी पोष्ट ग्र्याज्युएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार भैरहेको छ । दुई परिक्षण नेगेटिभ आएपछि मात्र बिरामीलाई डिस्चार्ज गरिने हुनाले उनी अझै केहि समय अस्पतालमै बस्नु पर्नेछ । उनको यो परिक्षण ४८ घण्टा भित्र गरिनेछ ।

‘बेबी डल’ गायिका कनिका कपूर ९ मार्चमा लण्डनबाट मुम्बई फर्किएकी थिइन् । त्यसपछि उनले लखनऊमा डिनर पार्टी राखेकी थिइन् । लापरबाही गरेको भन्दै कनिकाविरुद्ध उत्तर प्रदेशमा ३ वटा उजुरी (एफआइआर) समेत दर्ता भएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha