कृष्ण भत्त सुहाना थापा ‘गौ प्रेमी’ (फोटो फिचर)

गएको बैशाख २६ गते नायिका सुहाना थापाको जन्मदिन थियो । लकडाउनमा सुहानाले जन्मदिन सेलिव्रेट गरिनन् । तर सोही दिन बुढानिलकण्ठको गाइफार्ममा गएर फलफूल खुवाइन् । सोही स्थानमा स्कोन हरेकृष्ण मन्दिरमा गएर प्रार्थना गरिन् ।

सुहाना कृष्ण भक्त हुन् । अमेरिकामा अध्यनको शिलशिलामा पुग्दा उनी कृष्ण भक्त भएकी थिइन् । उनलृ होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर ३’बाट नायिकाको रुपमा रजतपटमा डेव्यु गरिन् । पहिलो फिल्मबाट नै दर्शकको मन जित्न सफल सुहाना दोश्रो फिल्म ‘ए मेरो हजुर ४’ मा आवद्ध छिन् ।

कोरोना संक्रमणका कारण यो फिल्मको छायाँकन रोकिएको छ । फिल्मको प्रदर्शन मिति यस बर्षको दशैंलाई तय गरिएको थियो । झरना थापाले निर्देशन गर्दै गरेको फिल्ममा अनमोल केसी र सुहानाको मुख्य भूमिका छ ।

तस्बिर : निरज पन्ती

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha