निशा र ऋचालाई एलिजाको कटाक्ष, किन गर्दैछिन् बिरोध ?

चर्चित सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले नायिकाद्वाय निशा अधिकारी र ऋचा शर्मालाई कटाक्ष गरेकी छिन् । ईन्स्टाग्राम लाइभमा निशा र ऋचाले गरेको सेक्स सम्बन्धी सवाललाई लिएर एलिजाले कटाक्ष गरेकी हुन् ।

‘अनुराग’ नामक फिल्ममा नायिका भएर अभिनय गरेकी एलिजाले किन गरिन् त निशा र ऋचाको कटाक्ष ? यसलाई बुझ्न अगाडी नै जानुपर्ने हुन्छ । एलिजा गौतमका पति ऋषि धमलाले ‘धमलाको हमला’देखि ‘जनाता जान्न चाहन्छन्’ कार्यक्रममा नायिकालाई यौनजन्य प्रश्न सोध्दै आइरहेका छन् । केही समय अगाडी अभिनेत्री निरुता सिंहको भर्जिनीटी बारे धमलाले प्रश्न सोध्दा नायिका ऋचा शर्माले मिडियामै आएर बिरोध जनाएकी थिइन् ।

यता नायिका निशा अधिकारी लकडाउनको खाली समयमा महिला कलाकारहरुलाई सामाजिक सञ्जालमा गरिने गाली गलौजमा शून्य सहनशिलता हुनुपर्ने अभियान चलाइरहेकी छिन् । एक टेलिभिजन अन्र्तवार्तामा सञ्चारकर्मी धमलाले आइन्दा यौनजन्य प्रश्न नगर्ने प्रतिवद्धता जनाएको ‘जिरो टोलोरेन्स’ नामक फेसबुक समुहमा जानकारी गराएकी थिइन् ।

आफ्ना पतिको यौनजन्य प्रश्नप्रति बिरोधमा उत्रिएका निशा र ऋचाले इन्स्टाग्राम लाइभमा सेक्स सम्बन्धी सवाल गरेको भिडियो क्लिप बाहिरिएपछि आफ्ना श्रीमानको पक्षमा वकालत गर्दै दुई नायिकाप्रति कटाक्ष गरेकी हुन् । एलिजाले निशा र ऋचाको उक्त भिडियो क्लिप आफ्नो इन्स्टाग्राममा सेयर गर्दै लगातार आफ्ना भनाईहरु राख्दै आइरहेकी छिन् ।

‘ऋचा र निशाबिचको यो यौन सम्बन्धी प्रश्न अब के सही छुट्याउनु होस्’, एलिजाले लेखेकी छिन् । ऋचा र निशाले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha